मनको चौतारी
आजभोलि के भाछ मलाई,
जहाँ–जहाँ हेर्छु, तिमी नै देखिन्छौ।
अनायासै, बिना कुनै कारण,
मन तिमीमा मात्रै तल्लीन हुन्छ।
तिमीलाई थाहा नहुन सक्छ —
यो सब त केवल मैले मन बिसाएकै हो।
तर बिसाउने ठाउँ भने
यही एउटा च्याटरूम बनेको छ।
तिमीले नपढे पनि हुन्छ —
तर म लेखिरहन्छु,
किनभने यो अधिकार,
मलाई कसैले खोस्न सक्दैन।
मेरा शब्दहरू तिमीलाई नछुने हुन सक्छन्,
तर यी मेरा भावना हुन् —
जसलाई मौन प्रेम पनि भन्छन्।
No comments:
Post a Comment