Saturday, 3 May 2025
मनको भारी कहाँ बिसाऊ माया
मनको चौतारी
आजभोलि के भाछ मलाई,
जहाँ–जहाँ हेर्छु, तिमी नै देखिन्छौ।
अनायासै, बिना कुनै कारण,
मन तिमीमा मात्रै तल्लीन हुन्छ।
तिमीलाई थाहा नहुन सक्छ —
यो सब त केवल मैले मन बिसाएकै हो।
तर बिसाउने ठाउँ भने
यही एउटा च्याटरूम बनेको छ।
तिमीले नपढे पनि हुन्छ —
तर म लेखिरहन्छु,
किनभने यो अधिकार,
मलाई कसैले खोस्न सक्दैन।
मेरा शब्दहरू तिमीलाई नछुने हुन सक्छन्,
तर यी मेरा भावना हुन् —
जसलाई मौन प्रेम पनि भन्छन्।
Subscribe to:
Posts (Atom)
-
मनको चौतारी आजभोलि के भाछ मलाई, जहाँ–जहाँ हेर्छु, तिमी नै देखिन्छौ। अनायासै, बिना कुनै कारण, मन तिमीमा मात्रै तल्लीन हुन्छ। तिमीलाई थाहा नह...